प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

१८ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक आज दिउँसो १ बजे बस्न लागेको हो । गएको आइतबार संसदबाट एमसीसी अनुमोदन भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुहुनेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.