×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युक्रेनमा रुसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच कुराकानी

१८ फाल्गुन २०७८

१८ फागुन, काठमाडौँ । युक्रेनमा रुसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ ।

विदेश मन्त्री एन्टोनीले ट्वीट मार्फत आफू र नेपालका प्रधानमन्त्री देउवाबीच कुराकानी भएको जानकारी गराएका छन् । उनीहरुबीच हिजो बेलुकी कुराकानी भएको हो ।

Advertisement
Advertisement

एन्टोनीले ट्वीटमा रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति आफूहरुको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भएको भन्दै आफूहरु आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्ने उल्लेख छ ।

यसैबीच राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ । जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

परिषद सदस्य रहेको रूसका प्रतिनिधिले यस्तो छलफल जरूरी नरहेको बताउपछि प्रस्तावमाथि मतदान भएको हो । मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रस्तावको पक्षमा २९ र विपक्षमा पाँच भोट पर्यो भने १३ देश अनुपस्थित रह्यो । चीनले युक्रेनी प्रस्तावको विपक्षमा मतदान् गर्यो भने भारत मतदानमा सहभागी भएन ।

Advertisement

बहुमतले पारित भएको प्रस्तावमाथि बिहिबारदेखि छलफल शुरु हुनेछ । रूसले युक्रेनमाथि आक्रमण गरेकै दिन नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर रूसी कदम संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत रहेको बताइसकेको छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top