सुनको भाउ आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्यो

१८ फागुन, काठमाडौँ । सुनको भाउ एकै दिन १९ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ ९७ हजार ६ सय रुपैयाँ थियो । रुस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव सुनको बजारमा पनि परेको छ । सुनमा गरिएको लगानीलाई सुरक्षित मानिने हुँदा संकट परेका बेला धेरैले सुनमा लगानी गर्छन् । यसले गर्दा सुनको माग बढी हुन्छ । यसको असर बजारमा पर्ने महासंका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताए ।

यस्तै, अमेरिका लगायत पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाएका कारण पनि भाउ बढेको उनको भनाइ छ । यस्तै, आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.