युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसको आक्रमण, विश्वसँग जेलेन्स्कीद्वारा सहयोगको अपिल

२० फागुन, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताएका छन् ।

उनले विश्व समुदायसँग सहयोगको अपिल गरेका छन् । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भनेका छन् । उनले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताए ।

Advertisement

‘युरोपका नागरिक कृपया जाग्नुहोस्, रुसी बलले युक्रेनको आणविक प्लान्टमा आक्रमण गरिहेकोबारे आफ्ना नेताहरूलाई भन्नुहोस्’, जेलेन्स्कीले भनेका छन् ।

आफू अमेरिका, बेलायत र ईयूका नेताहरूको सम्पर्कमा रहेका उनले बताएका छन् । साथै जेलेन्स्कीले इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) सँग पनि कुराकानी भएको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top