खप्तड गोल्डकपमा आज न्युरोड टिम र बाग्मती युथ भिड्दै

खप्तड गोल्डकपमा आज न्युरोड टिम र बाग्मती युथ भिड्दै

२० फागुन, कैलाली । सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज शुक्रवार एक खेल हुँदैछ ।

धनगढी रङ्गशालामा न्युरोड टिम (एनआरटी) र बाग्मती युथ क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा हिजो मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल दुई–एक गोल अन्तरले क्लबलाई हराएको थियो ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.