यूएईमा हुने आईसीसी विश्वकप लिग टुमा सहभागी हुन नेपाली टोली आज श्रीलंका प्रस्थान

Share this
738shares

२१ फागुन, काठमाडौँ । यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ ।

Advertisement

विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलंकाबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ ।

त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग खेल्नेछ । लिग टु मा नेपालसहित ७ टोली सहभागी छन् ।

Advertisement

नेपालको राष्ट्रिय टोलीमा कप्तान सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, बिबेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की छन् । टोलीलाई हिजो नेपाल क्रिकेट संघ क्यानले विदाइ गरेको थियो

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top