२१ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
प्रेस चौतारी नेपाल प्रदेश–१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उनले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश–१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उनको भनाइ छ ।
जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्रदेशमध्ये अब प्रदेश १ को मात्रै नामाकरण हुन बाँकी छ ।