आज बस्ने भनिएको माओवादी केन्द्रीय कमिटी बैठक भोलिका लागि सर्यो

२२ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ। आज ११ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २ बजेलाई सारिएको थियो।

संसद बैठक पनि आजै परेको र आन्तरिक छलफल अलिक नपुगेको भन्दै माओवादी केन्द्रले आजको बैठक स्थगित गरेको हो।

‘आन्तरिक तयारी पनि बाँकी नै रहेको, फेरि आजै संसद बैठक पनि भएकाले आज बस्ने भनिएको बैठक भोलिका लागि सारेका छौ’, माओवादी केन्द्रका नेता गणेश शाहले सेतोपाटीलाई जानकारी दिए।

Advertisement

शुक्रबार राष्ट्रिय सभागृहबाट सुरू भएको आजको बैठक आज बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने तयारी थियो।

अब भोलि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ।

Advertisement

माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डातय गरेको छ।

यसैबीच पूर्व पदाधिकारीको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top