करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको बेठक आज बस्दै

२६ फागुन, कास्की । करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।

एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबीचमा नियुक्त भएका मन्त्री र सरकारको महत्वपूर्ण कामबारे संसदमा जानकारी गराउने छन् ।

आज हुने बैठकमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ५ दलका नेताले आफ्नो भनाइ राख्ने छन् ।

Advertisement

यसबीचमा सरकारले गरेका काम र निर्णयबारे यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा कांग्रेस नेतृत्व सरकार हिँडेको, बाटो, प्राथमिकताबारे खबरदारी गर्ने छन् ।

Advertisement

गठबन्धनबाट अलग भएको तर सरकारलाई समर्थन कायमै राखेको राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेता पियारी थापाले पनि गण्डकी प्रदेश सरकार पनि ठीक बाटोमा नहिँडेको भन्दै ध्यानाकर्षण गराउने सुरुमा छिन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, सरकारका उर्जा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले पनि संसदमा आफ्नो भनाइ राख्ने छन् भने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा उठेका विषयको जवाफ र सरकारले अहिलेसम्म गरेका कामबारे बोल्ने छन् ।

यो विधेयक अधिवेशनमा सार्वजनिक लेखा समिति लगायतका केही प्रतिवेदन पनि पेस हुने छन् । संसद सचिवालयमा तीन विधेयक दर्ता भएर छलफलका क्रममा छन् भने ३ विधेयक दर्ता गर्ने तयारी छ ।

बालबालिका सम्बन्धी, आमसञ्चार र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक संसदमा छन् भने सूचनाको हक, सिंचाइ, खानेपानी तथा केही कानुन संशोधन सम्बन्धी विधेयक संसदमा यो अधिवेशनमा लैजाने तयारी भइरहेको कानुनमन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top