२६ फागुन, एजेन्सी । दक्षिण कोरियामा बुधबार सम्पन्न राष्ट्रपतिय निर्वाचनबाट विपक्षी पिपुल्स पावर पार्टीका नेता युन सुक यओल राष्ट्रपति निर्वाचित भएका छन् ।
पूर्व महाअभियोजनकर्ता समेत रहेका ६१ बर्षिय युनले सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जाय म्योङ्गलाई झिनो मतान्तरले हराउँदै राष्ट्रपति निर्वाचित भएका हुन् ।
युनले ४८ दशमल ५६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने म्योङ्गले ४७ दशमल ८३ प्रतिशत मत पाउनु भएको थियो ।
कन्जरभेटिभ विचारधाराका युन कोरियाली प्रायद्विपमा शान्ति र एकताका पक्षधर हुन् । वर्तमान राष्ट्रपति मुन जाय इनको कार्यकाल आगामी मे मा सकिएपछि युनले कार्यभार सम्हाल्नेछन् ।
कोरियामा पछिल्लो समय घट्दो जन्मदर, आवास क्षेत्रमा बढ्दो महँगी र सामाजिक असमानता जस्ता विषय नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण रहने छन् ।
