आज सुनको भाउ तोलामा दुई सयले बढ्यो

आज सुनको भाउ तोलामा दुई सयले बढ्यो

२९ फागुन, काठमाडौँ । सुन चाँदीको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ ।

यसअघि अस्ति तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ आज तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.