साउदीका विदेशमन्त्री अल साउद आज नेपाल आउँदै

३० फागुन, काठमाडौँ । साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग पर्सि भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top