एजेन्सी, साउन ३१
कुनैपनि फुटबल टिमको मुख्यकुरा भनेको मिडफिल्ड हो । स्ट्राइकरले गोल गर्दा धेरै चर्चा भएपनि स्ट्राइकरलाई गोल गर्ने मौका सिर्जना गर्ने मिडफिल्डर हुन्छन् । मिडफिल्डरलाई खेलमा धेरै तवरमा प्रयोग गर्न सकिन्छ । मिडफिल्डरले खेलमा ल्याउने भिन्नताले नै खेलको महत्व अझ बढ्ने गर्छ । आज हामी विश्व फुटवलका उत्कृट मिड फिल्डरहरुका विषयमा चर्चा गर्दैछौँ ।
१) मार्को भेर्राट्ट
पेरिस सेन्ट जर्मनका इटालियन मिडफिल्डर मार्को सन् २००९ बाट फुटबलमा उदाएका हुन् । उनी बल आफ्नो पक्षमा राख्न र खेलको गति जोगाउन माहिर छन् । गत सिजन उनले प्रति खेल ९२ पास खेलेका थिएभने औसतमा १.२ मुख्य पास सिर्जना गरेका थिए । उनीमा डिफेन्समा रहेर टोलीलाई सहयोग पुर्याउन सक्ने क्षमता समेत रहेको छ ।
२) एन्गोलो कान्टे (चेल्सी)
चेल्सीमा भित्रीएसंगै कान्टेको महत्व विश्व फुटबलमा झन् धेरै बढेको छ। सन् २०१५(१६ को सिजन पछि उनी चेल्सीमा आएका हुन् । वर्तमान विश्व फुटबलमा कान्टे उत्कृष्ट रक्षात्मक मिडफिल्डर हुन् । चेल्सीका लागि अन्तिम ३ सिजनमा कान्तेको नाममा ६८५ सफल ट्याकल रेट रहेको छ ।
३) टोनी क्रुस (रियल म्याड्रिड)
बायर्न म्युनिखमा पाएको सफलतापछि टोनी क्रुसले रियल म्याड्रिडमा समेत समान सफलता हात परेका छन्। तेस्रो लगातार च्याम्पियन्स लिग बिजेता बनेको रियल म्याड्रिडको बिजय यात्रामा क्रुस महत्वपूर्ण अंग थिए। आफ्नो टोलि जर्मनीको खराब विश्वकप यात्रामा क्रुस भने एक्लो योद्दा बनेका थिए। सन् २०१(१८ को सिजनमा क्रुसले ५ गोल गर्दा ८ एसिस्ट समेत गर्न भ्याएका थिए। उनी प्रति खेल ७५ पास दिने औसत राख्दछन् ।
४) केभिन डी ब्र्युएन (म्यानचेस्टर सिटि)
म्यानचेस्टर सिटिमा आबद्ध भएसंगै केभिन डी ब्र्युएन बिपक्षिको टाउको दुखाईको बिषय बनेका छन्। रुसमा सम्पन्न फिफा विश्वकपमा समेत उत्कृष्ट प्रदर्शन गरेका केभिनले आफ्नो टोलि बेल्जियमलाई तेस्रो स्थान दिलाउन अहम भूमिका निभाएका थिए। अघिल्लो प्रिमियर लिग सिजनमा समेत उनले ८ गोल र १६ एस्सिस्ट गरेका थिए। गत सिजन उनको नाममा ६२ ट्याकल र ६९५ सफलता प्रतिशत रहेको थियो। उनको कलात्मक मिडफिल्ड शैलीनै उनको मुख्य अस्त्र हो।
५) लुका मोड्रीच (रियल म्याड्रिड)
पछिल्लो १० बर्षमा विश्वकै उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन् लुका मोड्रीच। रियल म्याड्रिडमा सुरुवातमा धेरै अफ्ट्यारो सहेपनि उनले त्यसबाट माथी उठ्दै टोलीको प्रमुख खेलाडी बनेका छन्। रुसमा सम्पन्न विश्वकप फुटबलमा मोड्रीचले गोल्डेन बललाई आफ्नो नाम गरेका थिए । आफ्नो उत्कृष्ट पासिङ क्षमताको सदुपयोग गर्दै उनले हरेक खेलमा योगदान गरेका छन् । अन्तिम सिजन उनले ८६५ पास सफलता सहित प्रति खेल ५९ पास गरेका थिए । विश्वकै उत्कृस्ट मिडफिल्डर मानिने मोड्रीच बललाई आफ्नो पक्षमा राख्न खप्पिस छन् ।