सन्दीपले लिए एकै ओभरमा दुई विकेट

३१ साउन ७५, बिहीबार
Share this
768shares

काठमाडौं, साउन ३१
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आफ्नो जादु कायमै राखेका छन् । बिहीबार जमाइका तल्लावाजविरुद्ध सन्दीपले २१ रन खर्चेर २ विकेट लिए ।

Advertisement

सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सका लागि खेलिरहेका सन्दीपले जमाइकाका ओपनर केनर लेविस २३ बलमा ४९ रनको आक्रमक इनिङ्स खेलिरहँदा कुपरको हातबाट क्याच आउट गराए । त्यसको दुई बलमै उनले आन्द्रे मकार्थीलाई क्लिन बोल्ड गरे । सन्दीपले ४ ओभरमा २१ रन खर्चेपनि अन्य बलरले राम्रो साथ दिएनन् ।

जमाइकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल खडा गरेको थियो । जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो । कप्तान तथा ओपनर क्रिस गेलले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । सन्दीपले प्रतियोगिताको तीन खेलमा ५ विकेट लिइसकेका छन् । उनले प्रतियोगिताको मध्य पाटो भने राष्ट्रिय टोलीमा आउनुपर्ने कारण गुमाउने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top