×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुर्घटनामा प्रभु साहलाई जोडेको भन्दै एमालेको आपत्ति

४ चैत्र २०७८

४ चैत्र, रौतहट ।
नेकपा एमाले रौतहटले जिल्लाको मौलापुर नगरपालिकाले भाडामा लिएर चलाएको स्कार्पियो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको विषयलाई एमाले स्थायी कमिटी सदस्य प्रभु साहलाई जोडेर बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यसको विरोध गरेको छ ।

रौतहट एमाले अध्यक्ष त्रिभुवन साहले शुक्रबार विज्ञप्ति जारी गर्दै घट्नाको सत्यतथ्य पत्ता लगाउन आग्रह समेत गरेका छन् । विज्ञप्तिमा मौलापुर नगरपालिकाले विगत ४ वर्षदेखि भाडामा प्रयोग गर्दै आईरहेको नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियोबाट मौलापुर नपाकै एकजना कर्मचारीलाई महोत्तरी पुर्याएर फर्किने क्रममा गौर–चपुर सडक खण्डको हर्षाहामा दुर्घटना भएको थियो ।

Advertisement
Advertisement

दुर्घटनामा एकजनाको मृत्यु भएको थियो । ‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाट तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदा समेत काँग्रेस गठबन्धनको इशारामा जिप्रका र जिल्ला प्रहरी कार्यालयको प्रमुख समेत संलग्न रही हाम्रो पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

साथै दुर्घटनाको ग्रहण अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने वदनियतपूर्ण कार्यको घोर भर्त्सना पनि एमाले रौतहटले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ ।

Advertisement

केही गएराति उक्त दुर्घटना भएको थियो । दुर्घटनामा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुरको ज्यान गएको थियो ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top