देउवालाई सूर्यमा भोट हाल्न ओलीको आग्रह

५ चैत ७८, शनिबार
Share this
776shares

५ चैत्र, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गरेका छन्।

Advertisement

राजधानीको दरबार बङ्क्वेटमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै जेष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गरेका हुन्।

शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि। उनलाई ४००० भत्ता के गर्न छँदैछ। त्यसकारण छन्। नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे, ओलीले भने, शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम जेष्ठ नागरिक हो। तपाई पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले नदेख्ने गरी।

Advertisement

कांग्रेसले बनाएको चुनावी नीतिमाथि कटाक्ष गर्दै ओलीले जे पायो त्यही बोल्ने बानी कांग्रेसको रहेको दाबी गरे। कांग्रेसको चुनावी नीति के रे भने अघिल्लो सरकारको भण्डाफोर गरेर जान्छौ, अध्यक्ष ओलीले भने, उल्ले जे पायो त्यही बोल्छ। जे पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी हो, तपाई हामीले सुनेका छौ ६० वर्षभन्दा माथिकालाई कम्युनिस्टले मार्छ भन्थ्यो। अब बुढाबुढीका छेउमा कांग्रेस जाओस् त।

पाँच दललाई काँचो सिसाको गठबन्धन भएको उल्लेख गर्दै ओलीले जनताको आँगनमा पछार्ने उद्घोषसमेत गरे। स्थानीय निर्वाचनमा एमालेले राम्रो तयारी गर्नुपर्ने दिन आइसकेको उनको भनाई थियो। यो अदालतले बनाएको गठबन्धन हो। यसलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ।

Advertisement

हामीले यस निर्वाचनबाट संसदीय र प्रादेशिक निर्वाचनको झलक दिनुछ। अहिलेबाटै मनमा ढ्याङ्रो ठोक्किन थालोस्। अहिले नै मनमा अहिलेबाटै निद्रा लाग्न छाडोस्। अहिलेदेखि खान रुच्न छाडोस्, ओलीले भने, निद्रामा जुरुक्क उठेर आयो एमाले भनेर तर्सोस्। निद्रमा जुरुक जुरुक उठाउने बनाउनुपर्छ।

ओलीले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबीसमेत गरे। गठबन्धन भन्ने मनोवैज्ञानिक त्रास मात्र भएको उल्लेख गर्दै ओलीले भने, स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले एमालेले भरिदिएको भाँडो रित्तिसकेको उल्लेख गर्दै माओवादी अब सकिसक्केको दाबी गरे। हामीले भरिदिएको भाँडो त सिद्धिसक्यो त प्रचण्डजी। खुरुखुरु एमालेमा प्रवेश गरेको लश्कर देख्नुभएको छ कि छैन? हामी खुर्कीखर्की गरेर पनि निकाल्छौ, ओलीले भने।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउन थालेको उल्लेख गर्दे उक्त पार्टी ध्वस्त हुने दाबीसमेत गरे। गठबन्धनमा भएको एउटा पार्टी छ। त्यो बन्दैबन्दैन। त्यो ध्वस्त हुन्छ। हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ, ओलीले भने।

कांग्रेसलाई अबको निर्वाचनमा १३ सिटमा झार्नेगरी एमालेले तयारी गर्नुपर्ने धारणासमेत ओलीले राखे। कांग्रेस पोरपरारै २३ मा झरेको हैन। अब १३ मा झार्नुपर्छ, ओलीले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top