विवादीत ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न

४ चैत ७८, शनिबार

५ चैत्र, काठमाडौं ।
करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ ।

विभिन्न मुद्धा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुशी व्यक्त गरे ।

उनले भने भयो, ‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्वको रुपमा रहेको पाटी हो । तर अहिले यो पाताल भएर बनाउन नसकिरहेको अवस्था थियो । यसले गर्दाखेरी ललितपुर, पुल्चोकका नगरबासीलाई निकै आघात भएको थियो । र, सम्पदाप्रेमीहरु पनि चिन्तित थिए । तर अव कुनै पनि चिज बन्न समय आउनुपर्दो रहेछ ।

Advertisement

तसर्थ समय आईपुग्यो । हामीले बनायौं । र, आज सम्पन्न भयो । यो भन्दा अगाडि यो बनाउने सन्दर्भमा २०६५ सालमा सर्वोच्चले अन्तरिम फैसला गरेको थियो । त्यसमा बनाउनपर्छ, बनाउनू भन्ने थियो । तर विभिन्न कारणले त्यो सम्भव भएको थिएन । अहिले गत चैत्र २ गते उच्च अदालत पाटनमा परेको मुद्धाको पनि फैसला भएपछि यसको उद्घाटन गर्न सम्भव भएको हो ।’

सो पार्टी नबनाउन माग गर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अदालत पाटनमा समेत मुद्धा हालेको थियो । तर अन्तिममा उच्च अदालतले पाटनले समेत बनाउनका लागि फैसला गरेपछि यसको उद्घाटन गर्ने अवसर मिलेको मेयर महर्जनले बताए ।

Advertisement

उनले सम्पदाप्रेमीहरुले समेत चिन्ता व्यक्त गरेको सो सम्पदा पुनर्निर्माण गर्न पाउँदा पुल्चोकका नगरबासी समेत हर्षित भएको बताए । सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्धा मामिला बनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाई हुन गएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top