रुसमाथि लगाइएको प्रतिबन्ध क्रूर र अपमानजनक छः चीन

६ चैत्र, एजेन्सी ।
युक्रेनमा रुसी आक्रमण जारी रहँदा चीनले रुसमाथि पश्चिमा देशहरुले लगाएको आर्थिकसहितको प्रतिबन्धप्रति कडा आलोचना गरेको छ ।

चीन सरकारका एक उच्च अधिकारीले युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि लगाएको प्रतिबन्ध ‘क्रूर’ रहेको बताएका छन्। समाचार संस्था रोयटर्समा प्रकाशित भएको समाचारअनुसार शनिबार चीनका उपविदेशमन्त्री ली युचेङले पश्चिमा देश रुसमाथि क्रूर बनेको आरोप लगाएका हुन्।

उनले सैन्य गठबन्धन नेटोसम्बन्धी रुसको धारणालाई समेत समर्थन गरेका छन्। नेटो गठबन्धन थप पूर्वतिर विस्तार भएमा परमाणु शक्ति राष्ट्र रुस ‘कुनामा’ धकेलिने र त्यो राम्रो नहुने चिनियाँ उपविदेशमन्त्री लीले बताएको रोयटर्सको खबरमा उल्लेख छ।

सुरक्षा समूहको बेइजिङमा भएको बैठकमा लीले भनेका छन्, ‘रुसमाथि लगाइएको प्रतिबन्ध थप गम्भीर र क्रूर एवम् अपमानजनक बनेको छ। रुसी नागरिकहरु विदेशमा रहेको आफ्नो सम्पत्तिको पहुँचबाट विनाकारण बञ्चित भएका छन्।’

‘इतिहासले बारम्बार प्रमाणित गरेको छ कि प्रतिबन्धले समस्याको समाधान गर्दैन। प्रतिबन्धले आम नागरिकलाई मात्रै हानी गर्छ, अर्थतन्त्र र वित्तीय प्रणालीलाई प्रभावित गर्छ र विश्व अर्थतन्त्र नाजुक बनाउँछ’, उनले भनेका छन्।

चीनले युक्रेनलाई लिएर पश्चिमा देशले रुसमाथि लगाएको प्रतिबन्धको विरोध गरे पनि युक्रेनमाथि रुसले गरेको आक्रमणको हालसम्म विरोध गरेको छैन।

प्रतिबन्धको विरोध गरिरहेको चीनले आफ्नो कूटनीतिक सम्बन्ध तनावमा रहेका देशमा भने प्रतिबन्धकै रणनीति अपनाउने गरेको छ। अस्ट्रेलिया, लिथुवानियासहितका देशमा चीनको कूटनीतिक सम्बन्ध तनावमा छ र उसले प्रतिबन्ध लगाएको छ।

युक्रेनमाथि भएको आक्रमणको विरोध नगरेर आफूलाई तटस्थ राख्न खोजेको चीनले रुसलाई सैन्य तथा वित्तीय सहयोगको तयारी गरेको दाबीसहितका खबर पनि आइरहेका छन्। तर चीनले भने सो दाबी खारेज गरेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top