×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

मार्जिनको पीडा, व्यवसाय गर्नु कि छोडेर भाग्नु ?

६ चैत्र २०७८

६ चैत्र, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विदेशबाट बस्तु आयात गर्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।

सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिदा व्यापार धरासाही बन्न लागेको बताएका छन् । साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको बताएका छन् ।

Advertisement

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाब बढाएको बताए । उनले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामान समेत विभिन्न बहानामा तीन महिना देखि भन्सारमा नै रोकिएको बताए ।

कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नु भन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययन विना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको दाबी गरे ।

उनले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्याधिक मूल्यवृद्धि भएको बताए । साना तथा मझौला व्यवसायीहरुको पहुँज नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवालले आरोप लगाए ।

गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजिकरण गर्ने काम नगरेको बताए । चीन सरकारले अघोषित नाकाबन्दी गरेर दिनको २ वटा कन्टेनर भन्सारबाट पठाउँदा तीन वर्षदेखि साना व्यवसायीहरु समस्या रहँदा सरकारको आँखा नपुगेको उनले बताए । उनले भने,‘ महिना भन्दा बढी भएको छ । यो अवधिका उद्योगी तथा व्यापारीहरुले भोग्नु परेको समस्या छ ।

त्यसले मानशिक तनाब दिएको छ । जुन बेला मार्जिन लागू भयो । त्यो बेला मुलुकको अर्थतन्त्रको अवस्थालाई हेरेर लागू हुनुपर्छ तर त्यहाँ व्यवस्था गरिएका घातक बुदाहरु संशोधन गर्नु पर्छ भन्ने व्यवसायी महासंघको माग थियो। एक महिनामा यसले व्यवसायीहरुलाई विभिन्न भन्सार नाकामा ल्याएका सामान काठमाडौंसम्म कसरी ल्याउने भन्ने चिन्ता र बिचौलियाको हातमा जान थालेको छ ।

अहिले पाइप लाइनमा भएको सामान ल्याउनलाई समस्या भएको छ । मार्जिनको व्यवस्था गर्नू भन्दा अगाडि अडर गरेको समान कसरी ल्याउने भन्ने कुरा नसोचि सरकारले नीति बनाउँदा समस्या भएको अवस्था छ । सामान ल्याउँदा विभिन्न क्षेत्रले बार्गेनीङ गर्न सुरु गरेको छ। भन्सारबाट ल्याउने एक कन्टेरको भाडा बढेको छ ।

समयमा नै अडर गरेको सामान ल्याउन सकिएको छैन । सरकारले बाटोमा आउन लागेको सामान आउने वातावरण बनाएको भए आज समस्या आउने थिएन। यस्ता समस्याले बजारमा मूल्यवृद्धि भएको छ । साना उद्योगी व्यवसायीको पहुँच सरकारसँग बढाउनु प¥यो।

मौसम अनुसारका समान अहिले आइसक्नु पर्ने हो तर अहिलेसम्म आएको छैन । हामीले तीन वर्ष देखि चीनले उत्तरी नाकामा अघोषित नाकाबन्दी गरेको भन्दै आएका छौं । भर्खर मात्रै प्रराष्ट्र मन्त्रालयको आँखा खुलेको छ ।

तीन वर्षका हजारौ व्यवसायीले व्यापारबाट हात धोएपछि,आत्माहत्या र घर धितोमा लिलाम भएपछि अहिले बोलेको छ । नियमनकारी निकायमा बस्ने कर्मचारीहरुले कोठामा बसेर निर्णय गर्दा बजारका समस्या हल हुँदैन । बजारमा आए समस्या बुझ्नुपर्छ ।

तर दुई जना कर्मचारी पाएर व्यापारीलाई ठोक अनुगमनमा पाउन सकिन्छ । तर तीन वर्ष देखि थलिएर रहेको व्यवसायीको समस्या बुझ्ने काम भएन । त्यसले गर्दा हजारौ उद्योगी व्यवसायी पासवर्ड बनाए विदेशिन बाध्य भएका छन्।’

त्यस्तै, काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताए । उनले सरकारले सामान आयातमा ल्याएको शतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको बताए ।

सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको अर्का व्यापारी कुलेन्द्र जीसीले बताए । उनले अर्डर गरिएका सामान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताए ।

व्यापारीहरुले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्न समेत नपाएको बताएका छन् । बैंक कर्जाको ब्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरुको भनाई छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top