गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चन्छः ओली

५ चैत ७८, आइतबार

६ चैत्र, विराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगमाथि पुनः खनिएका छन् ।

Advertisement

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् ।

आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो ? (गठबन्धनमा) खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ?’

Advertisement

उनले अघि प्रश्न गरे, ‘पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’ यस्तै ओलीले आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने पनि बताए । ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे।

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए। जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ। ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन् ।

Advertisement

खनालकै निर्वाचन क्षेत्र फिक्कलमा पुगेर ओलीले एमालेको नुन र गुन बिर्सेर एमालेलाई गालि गरेको भन्दै त्यस्ताहरुलाई आगामी निर्वाचनमा जवाफ दिन निर्देशन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top