×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

आईपीयूको १४४औँ सम्मेलन इन्डोनेशियाको बालीमा सुरु

७ चैत्र २०७८

७ चैत्र, काठमाडौं ।
अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४४‌औँ सम्मेलनमा इन्डोनेशियाको बालीमा आइतबार साँझ सुरु भएको छ।

विश्वभरबाट १०० भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेको छ। अन्तर व्यवस्थापिका सङ्घ तथा इन्डोनेशियाको संसद्को आयोजनामा आइतबारदेखि सुरु सम्मेलन चैत्र १० गतेसम्म चल्नेछ।

Advertisement
Advertisement

सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्नः जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसद्को परिचालन’ (Getting to Zero: Mobilizing Parliaments to act on Climate Change) विषयमा बोल्ने कार्यक्रम रहेको छ।

त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड १९ विरुद्धको लडाइँमा नेपालको संसद्ले गरेका गतिविधिहरूका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

सोही अवसरमा गभर्निङ काउन्सिलको २०९ औँ सत्रमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा अनिता देवकोटा र भैरव सुन्दर श्रेष्ठले सहभागिता जनाउने छन्। उक्त अवसरमा Standing Committee on Peace and International Security, Standing Committee on Democracy and Human Rights, Standing Committee on Sustainable Development र Standing committee on United Nations Affairs  शीर्षकहरूमा हुने विभिन्न छलफल कार्यक्रममा प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ भने महिला संसद् सदस्यहरूको बैठक र छलफलमा देवकोटा र युवा संसद् सदस्यहरूको बैठकमा उमाशङ्कर अरगरियाले सहभागिता जनाउने छन्।

त्यसैगरी सुरेन्द्र कुमार कार्कीले “Engaging for a Universal Ban on Nuclear Tests” विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ । उक्त सम्मेलनसँगै सञ्चालन हुने Association of Secretaries General of Parliaments (ASGP)  सम्मेलनमा सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतम सहभागी हुनेछन्।

अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की र उमाशङ्कर अरगरिया सहभागी छन्।त्यसैगरी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय भ्रमण टोलीमामा सहभागी छन्।

Advertisement
Advertisement

सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत्र ११ शुक्रवार नेपाल फर्कनेछ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top