भण्डारीलाई प्रतिष्ठानको उपकुलपतिबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ,साउन ३१
राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानको उपकुलपति संगिता भण्डारीलाई हटाउने निर्णय कार्यान्वयन नर्गन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलाशले उपकुलपतिबाट हटाउने निर्णय कानुन सम्वत नदेखिएकोले उक्त निर्णय कार्यान्वयन नर्गन भनेको हो।

त्यस्तै,सर्वोच्चले भण्डारीलाई हटाउने निर्णयबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।सर्वोच्चले १५ दिनभित्र लिखित जवाफसहित प्रधानमन्त्री कार्यालयलाई हटाउनु कारण पेश गर्न भनेको छ ।सरकारले गत असार २० गते भण्डारीलाई हटाउने निर्णय गरेको थियो।भण्डारीले पनि सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

डा भण्डारी गत मंसिर २८ गते नियुक्त भएकी थिइन्। नाक, कान, घाँटी रोग विशेषज्ञ डा भण्डारीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी सम्हालिसकेकी छिन्।

Scroll to Top