विराटनगर,साउन ३१
आँउदो असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको शीर्ष गीत ‘बाँध मायाले’ रिलिज गरिएको हो ।
गीतमा अर्जुन पोखरेलको संगीत, शब्द रहेको भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकारद्धय आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
चलचित्र ‘बाँध मायाले’मा आर्यन र श्रृष्टिको अलावा राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय रहेको छ । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माता हुन् ।यसको निर्देशन सविर श्रेष्ठले गरेका छन् ।