यु-१८ महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

यु-१८ महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

९ चैत, काठमाडौँ । यु-१८ महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।

खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो ।

नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन । तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ ।

डबल राउण्ड रोबिनको आधारमा चलिरहेको च्याम्पियनशिपमा शीर्ष टोलीले उपाधि जित्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.