लोकन्थलीमा शववाहनसँग ठोक्किँदा मोटरसाइकल जल्यो, चालक घाइते

८ चैत ७८, बुधबार

९ चैत्र, काठमाडौं ।
भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् ।

ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएका थिए ।

Advertisement

आगोमा जलेर मोटरसाइकलमा पूर्णरुपमा क्षति पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top