×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हैदरावादस्थित गोदाममा आगलागीः ११ मजदुरको मृत्यु

९ चैत्र २०७८

९ चैत्र, एजेन्सी ।
भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एक गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ ।

उनीहरू सबै भारतका अलग–अलग राज्यका हुन् । स्थानीयवासीका अनुसार अवेर राति आगलागी हुँदा गोदाममा १२ जना मजदुर थिए । एक जना भने सुरक्षित रहन सफल भएका छन् । मृतकमध्ये १० जना बिहारको छपरास्थित आजमपुरा गाउँका रहेको बताइएको छ । यो घटना पछि आजमपुरा शोकमा डुबेको छ ।

आगलागीको कारण खुलेको छैन । प्रारम्भिक जाँचअनुसार सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ ।

दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । साथै मोदीले ज्यान गुमेकाहरूका परिवारलाई सरकारका तर्फबाट जनही ६ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top