×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो

९ चैत्र २०७८

९ चैत, मोरङ । तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो ।

हिजोको बैठकले अर्को आदेश नआएसम्मका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरेर १० बजेदेखि दिउँसो ४ बजेसम्म कर्फ्यू लगाउने र ४ बजेदेखि बेलुका ६ बजेसम्म खुलाएर फेरि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

Advertisement

लेटाङ–५ खेरुवाका शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि उत्पन्न विवादमा आइतबार स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि लेटाङमा कर्फ्यू लगाइएको थियो ।

Advertisement

शिक्षक मनोज पौडेलले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । यस अघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका थिए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top