पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या

९ चैत्र, एजेन्सी ।
भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या भएको छ।

बिरभूम जिल्लाको रामपुरहटस्थित बगुटी गाउँका उपप्रधान भडु शिखको सोमबार राति हत्या भएपछि त्यहाँ हिंसा भड्किएको टाइम्स अफ इन्डियाले जनाएको छ। शिख तृणमूल कंग्रेस (टिएमसी)का नेता हुन्। पश्चिम बंगालमा टिएमसीको सरकार छ।

‘यो घटनामा आठ जना मारिएका छन्। सात जनाको शव एकै घरबाट फेला परेको छ। तीन जना घाइते थिए जसमध्ये एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ,’ डिजिपी मनोज मल्भियाले टाइम्स अफ इन्डियासँग भनेका छन्।

Advertisement

मारिएका मध्ये दुई जना बच्चाहरू पनि छन्। सोमबार राति एक दर्जन घरमा आगो लगाइएको अग्निनियन्त्रण अधिकारीहरूले बताएका छन्। भडु शिखमाथि बम प्रहार गरिएको थियो। अस्पताल लग्दा उनलाई मृत घोषणा गरिएको थियो।

त्यहाँका चर्चित नेता भएको कारण आक्रोशित कार्यकर्ताले प्रतिपक्षी दलका केही घरमा आगो लगाइदिएको हुनुपर्ने आशंका गरिएको छ। प्रतिपक्षी दलले आठ जना मारिएको घटनामा टिएमसी जिम्मेवार भएको आरोप लगाए पनि टिएमसीले त्यसलाई स्वीकारेको छैन।

Advertisement

घटनालाई लिएर भारतीय जनता पार्टी (भाजपा)ले त्यहाँ राष्ट्रपति शासन लागू गर्नु पर्नेसमेत माग गरेको छ। प्रहरीले शिखको हत्यामा एक जनालाई पक्राउ गरेको छ। आठ जना मारिएको घटनामा भने २२ जना समातिएका छन्।

प्रहरीले यसमा दुई वटा छुट्टै मुद्दा दायर गरेको छ। प्रदेश सरकारले यसको अनुसन्धानको लागि विशेष अनुसन्धान टोली गठन गरेको छ। साथै दुई जना स्थानीय प्रहरी अधिकारीलाई मंगलबारदेखि ड्युटीबाट हटाएको छ।

‘दुई समूहबीचको निजी रिसिइबीका कारण भडु शिखको हत्या भएको देखिन्छ। कुनै राजनीतिक रिसिइबी देखिन्न,’ डिजिपी मल्भियाले मंगलबार भनेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top