४५ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने पोल्याण्डको तयारी

९ चैत्र, एजेन्सी ।
पोल्याण्डले रुसका ४५ जना कूटनीतिज्ञलाई देश निकाला गर्ने तयारी गरेको छ।

Advertisement

कूटनीतिज्ञको आवरणमा रुसको गुप्तचर एजेन्सीका लागि काम गरेको आशंकामा पोल्याण्डले रुसका ती कूटनीतिज्ञलाई देश निकाला गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘कूटनीतिक हैसियतमा पोल्याण्डमा काम गरिरहेका रुसी गुप्तचर सेवाका ४५ अधिकारी लगायत अन्य व्यक्तिको पहिचान गरेको छ। ती व्यक्तिले पोल्याण्ड र हाम्रा समर्थक मुलुकका विरुद्ध जासुसी गरेको भेटिएको छ’ पोल्याण्डको विदेश मन्त्रालयलका प्रवक्ता स्ट्यानिस्ल जरिनले रोयटर्ससँग भनेका छन्।

Advertisement

पोल्याण्डको खुफिया निकाय इन्टरनल सेक्युरिटी एजेन्सीले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको भेटिएका कूटनीतिज्ञको सूची त्यहाँको विदेशमन्त्रालयलाई बुझाइसकेको प्रवक्ताले उल्लेख गरेका छन्।

ती ४५ कूटनीतिज्ञमाथि हुने कारबाहीबारे जानकारी दिनका लागि पोल्याण्डस्थित रुसी राजदूतलाई विदेशमन्त्रालयले बोलाएको पोल्याण्ड सरकारका अर्का एक प्रवक्ताले बताएका छन्। यसैबीच पोल्याण्डले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरे त्यसको जवाफ दिने तयारी रुसले गरिरहेको रुसी विदेश मन्त्रालयले जनाएको छ।

Advertisement

युक्रेन संकट चलिरहँदा रुस र पोल्याण्डबीचको सम्बन्ध पनि चिसिएको छ। पोल्याण्ड अमेरिकाको रणनीतिक साझेदार मुलुक हो। सन् १९९९ देखि पोल्याण्ड अमेरिकी खेमाको उत्तर एटलान्टिन सन्धि संगठन (नेटो) को सदस्य छ।

युक्रेनले नेटोको सदस्यता लिने कोसिश गरेपछि रुसले युक्रेनमाथि सैनिक आक्रमण थालेको एक महिना पुग्न लागेको छ। अमेरिका लगायत मुलुक रुसविरुद्ध उत्रिएका छन्। रुसलाई चीन र भारत लगायत मुलुकको साथ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top