फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल थाइल्यान्डसँग भिड्दै

१० चैत, काठमाडौँ । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबरीमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको हो ।

Advertisement

खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो ।

यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ ।

Advertisement

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

थाइल्यान्ड फिफा वरीयताको ११२ औँ र नेपाल १६७ औँ स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top