सडकमा उत्रिएर युक्रेनको पक्षमा समर्थन जनाउन जेलेन्स्कीको विश्वभरका नागरिकलाई अपील

सडकमा उत्रिएर युक्रेनको पक्षमा समर्थन जनाउन जेलेन्स्कीको विश्वभरका नागरिकलाई अपील

१० चैत, एजेन्सी । रुसले युक्रेनमा आक्रमण थालेको आज ठीक एक महिना पुगेको छ । गत महिना फ्रेब्रअरी २४ तारिखका दिनदेखि रुसले युक्रेनमा लगातार दिनहूँ आक्रमण गरिरहेको छ ।

आफ्नो देशमा आक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वभरका नागरिकलाई अपिल गरी सडकमा उत्रिएर युक्रेनको पक्षमा समर्थन जनाउन आग्रह गरेका छन् ।

रुसले स्वतन्त्रता विरोधी कदम चालेको उनको आरोप छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ । रुसले डेस्ना नदीमाथिको एउटा महत्त्वपूर्ण पुलमा क्षति गरेको छ भने चेर्निहिव सहर र राजधानी किएभबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ ।

रुस र युक्रेनबीच यसअघि पटक पटक शान्ति वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन । युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य बन्न खोजेको आरोपसहित रुसले आक्रमण सुरु गरेको थियो ।

त्यस्तै युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दिनुपर्ने रुसको चाहना छ ।

रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.