युक्रेन युद्धपछि रुस कमजोर हुनेछः अमेरिका

११ चैत ७८, शुक्रबार
Share this
665shares

११ चैत्र, एजेन्सी ।
अमेरिकी रक्षा मन्त्रालयका एक शीर्ष अधिकारीले युक्रेनमा जारी युद्धपछि रुस कमजोर हुने बताएका छन्।

Advertisement

साथै रुस विश्व समुदायबाट पनि एक्लो हुने अमेरिकी रक्षा मन्त्रालयका अन्डर सेक्रेटरी कोलिन कहलले बताए। यो युद्धले रुसलाई सैन्य, आर्थिक, राजनीतिक र भू–राजनीतिक हिसाबले कमजोर बनाउने अमेरिकी अधिकारीको भनाइ छ।

आगामी दिनमा अमेरिकाको रक्षा मन्त्रालयले रुसलाई ठूलो जोखिमको रुपमा घोषणा गर्न सक्ने सम्भावना रहेको कहलले बताए। यद्यपि रुस अमेरिकाको लागि चीनजस्तो दीर्घकालीन प्रणालीगत चुनौती भने नहुने उनको भनाइ छ।

Advertisement

रुसले फेब्रुअरी २४ यता निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top