इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

१० चैत ७८, शुक्रबार

११ चैत्र, एजेन्सी ।
फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै युरो २०२० को विजेता इटाली विश्वकपमा छनोट हुन असफल भएको छ ।

इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि फिनिसिङमा चुक्दा र अन्तिम समयमा गोल खाँदै विश्वकपको छनोटबाटै बाहिरिन पुग्यो ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो । यसअघि इटाली २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो ।

विश्वकप छनोटमा इटाली घरेलु मैदानमा ५९ खेलसम्म अपराजित रहेको थियो । जसमा ४८ जित र ११ बराबरी रहेको थियो । जुन नथ म्यासेडोनियाले तोड्दै इटालीको विश्वकप खेल्ने सपना चकनाचुर पारिदिए ।

अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top