चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

१२ चैत्र, काठमाडौं ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी मुलुकको राजनीतिक केन्द्र सिंहदरबार पुगेका छन्।

हिजो नेपाल आएका उनी आज राजनीतिक भेटवार्तामा सक्रिय छन्। शुक्रवार काठमाडौं ओर्लिएका वाङ शनिवार बिहान शिवपुरी राष्ट्रिय निकुञ्ज हाइकिङका लागि पुगेका थिए। त्यसपछि अपरान्ह सिंहदरबार पुगेका हुन्। नेपालका समकक्षी परराष्ट्र मन्त्री नारायण खड्कासँग उनले भेटवार्ता गरेका हुन्।

भेटवार्तापछि नेपाल–चीन विदेश मन्त्री स्तरीय द्विपक्षीय वार्ता सुरु भएको छ। भेटवार्तामा नेपालका तर्फबाट विभिन्न मन्त्रालयका सचिव तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ भने चीनका तर्फबाट मन्त्री वाङसँगै राजदूत होउ यान्छीसहितका अधिकारीहरु सहभागी छन्।

Advertisement

भेटवार्ता पछि आज विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ। द्वीपक्षीय वार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जानेछन्। बालुवाटारबाट संयुक्त रुपमा पोखरा स्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल रुपमा उद्घाटन गर्ने तयारी छ।

उक्त विमानस्थल चीनको सहुलियतपूर्ण ऋणमा बनेको हो। मन्त्री वाङले आइतवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी तथा मध्यान्नमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top