एमाले अध्यक्ष ओलीको तस्बिर सगरमाथामा फहराइने

एमाले अध्यक्ष ओलीको तस्बिर सगरमाथामा फहराइने

पाँचथर, २१ चैत । राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने हुनुभएको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी तामाङले यही अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी अध्यक्ष ओलीको तस्विर फहराउने हुनुभएको हो । अध्यक्ष ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शीर उँचो बनाएकाले उहाँको तस्विर फहराउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

संगठनमा रहेर काम गरिरहेका कारण राष्ट्रिय युवा संघको झण्डा समेत सगरमाथामा फहराउने तयारी उहाँले गर्नुभएको छ ।

आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापित गराउन सफल भएकाले संघको झण्डासमेत ओलीको तस्विरसँगै फहराउने उहाँले बताउनुभयो । उहालाई अध्यक्ष ओली, उमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र संघका केन्द्रीय संयोजक किरण पौडेलले झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको निम्ति सफलताको शुभकामना दिनुभएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.