×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026
Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026

मेयरका लागि तयार छु, काम नगरे आजिवन भोट नदिनु : वसिम आलम

२३ चैत्र २०७८

निर्वाचन नजनिकिँदै गर्दा विद्यार्थी राजनीतिबाट उदाएकायुवा नेता वसिम आलमले विराटनगरको मेयर पदमा उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । नेकपा (एमाले) एमालेबाट विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको मोरङ जिल्लाको उपसचिव तथा प्रवक्ता समेत रहेका आलम आफुले विराटनगरमा गरेको कामका कारण पार्टीले उम्मेदवार भएको खण्डमा जितेर देखाउने बताउँछन् । प्रस्तुत छ यसै सेरोफेरोमा नेपाल टाईम्सका किशोर विश्वकर्माले युवा नेता आलमसँग गरेको कुराकानीको सम्पादित अंश ।

यसपटक नेकपा (एस) बाट विराटनगरमा मेयरको उम्मेदवार तपाई हो ?

Advertisement
Advertisement

म उम्मेदवार हुनलाई मेरो पार्टीले निर्णय गर्नुपर्छ । नेकपा (एस) ले निर्णय ग¥यो भने म उम्मेदवार हो नत्र होइन ।

मेयरको उम्मेदवार बन्ने तपाईको आकांक्षा छ कि छैन ?
राजनीतिमा लागेपछि आकांक्षाले मात्रहुँदैन, पार्टीको एउटा निर्णय पनि हुन्छ । त्यसकारण पार्टीले मलाई निर्णय गरेर जहाँ उठ् भन्छ म त्यहि उठ्छु । राजनीतिमा लागेपछि मेयर, सांसदमा उठ्ने स्वभाविक हुन्छ, राजनीतिक कार्यकर्ता भएको हैसियतले । पार्टीको निर्णय जे हुन्छ त्यो अनुसार अगाडी बढ्छु ।

टिकटका लागि तपाईको दौडधूप व्यापक छ भन्ने चर्चा छ नि?
मैले केही गरेको छैन । म कार्यकर्ता भएकोले दिनहुँ आफ्नो राजनीतिक काममा लागिरहेको छु । म एउटा सामाजिक काममा पनि निरन्तर लागिरहेको छु । यो फेरी कुनै चुनावप्रचारका लागि होइन । अहिले धेरै चुनावलागि सकेपछि मेयर, उपमेयर, उम्मेदवार भनाउँदाहरु चाहीँ एकदम सामाजिक काम गरेजस्तो गर्छन् । हाम्रो एउटा टिम छ, जो आज तीन वर्षदेखि कन्टिन्यु काम गरिरहेकाछौँ र चुनावको भोलि पनि गर्छौँ । म राजनीतिक कार्यकर्ताको हैसियतले म यहाँ विराटनगरमा नै व्यवस्त छु । कतै टिकटका लागि दौडधूप गरेको छैन । पार्टीले निर्णय गरेर दियो भने उठ्न तयार हुन्छु ।

पार्टीले टिकट दिँदा कस्तो तयारी गरिरहनु भएको छ ?
तयारी हामीले गर्नुपर्ने केही छैन । यसको मुल्यांकन जनताले गर्छन । पार्टीले निर्णय गरेर उम्मेदवार बनाइसकेपछि फिल्डमा जनताले मुल्यांकन गर्छन् । को उम्मेदार साँच्चिकै आवश्यकता हो । कसलाई जिताउने र कसलाई हराउने कुराको मुल्यांकन जनताले गर्छन् । फेसबुकमा फोटो हालेर, ठूला–ठूला व्यानर बनाएर चुनाव जित्ने वा जनताले भोट हाल्ने कुरा हुँदैन । मान्छेको कामको मुल्यांकन हुन्छ । गर्नुपर्छ र जनताले गर्छन् । उम्मेदवार बनाइएछ भने जनताको माझमा जान्छु र मेरो कामगर्ने कुराहरुको बाचा राख्छु । पूरा गर्न सकिएन भने अर्को चोटी भोट नहाल्न भन्छु । र म फेरि पनि भन्न चाहन्छु, जसले आश्वासन दिन्छ त्यसले काम गर्दैन । काम गर्नेले काम गरेर देखाउँछ । त्यतिखेर जनताले सवै आफ्नो कसिमा जोख्ने काम गर्छन ।

नेकपा (एस) बाट केन्द्रीय नेताहरुले पनि आकांक्षा देखाउनु भएको छ नि?
त्यो स्वभाविक हो । म मात्रै हुन्छु भन्ने पनि होइन ।आकांक्षा राख्नु स्वभाविक हो, मैले पनि राख्छु । हाम्रो केन्द्रीय नेता, मेरा अग्रजहरु, अरु पनि साथीहरु हुनुहुन्छ, म मेयर उठ्छु भन्न त पाइयो नि त । राजनीतिमा लागेपछि पदमा पुग्छु भन्ने स्वभाविक रुपमा आकांक्षा राखिन्छ । अरुले पनि राख्नुभयो होला । त्यसमा कुनै अप्ठ्यारो नै छैन । आकांक्षा राख्नु मान्छेको एउटा व्यक्तिगत कुरा भयो । त्यसपछि पार्टीले गर्ने निर्णय एउटा विधिको कुरा भयो । त्यसपछि जनताको बीचमा उसको कामको मुल्यांकन, त्यो मान्छे साँच्चिकै आवश्यकता हो । यसले जनताका अपेक्षा पूरा गर्छ भन्ने महशुस गरिन्छ । यसलाई तीनवटा पार्टमा हेर्न सकिन्छ । एउटा मान्छेको व्यक्तिको आकांक्षा, दोस्रो पार्टीको निर्णय र तेस्रो जनताको कसि उत्रिन सक्ने ।

पार्टीले टिकट दिने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
यसमा मैले कति भन्ने हुँदैन । पार्टीले पक्कै पनि पार्टीका नेताहरु, अग्रज नेताहरुले आफ्नो कार्यकर्ताको विषयमकहाँ उठाउने, कुन समयमा कहाँ उठाउँदा ठीक हुन्छ भन्ने पक्कै पनि मुल्यांकन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । मेयर नपाए मेरो त राजनीति सिद्धियो भन्ने कुरा हुँदैन । स्थानीय निर्वाचन आएकाले मेयरमा मेरो पनि दावेदारी रहेको छ । होइन पार्टीले निर्णय गरेर तपाई अहिले मेयरको दावेदार होइन, तपाईँ अर्को चुनावको तयारी गर्नुस् वा यसको लागि तयारी भएर बस्नुस् भन्नेकुरा पक्कै आउँछ पार्टीबाट त्यसलाई सहज रुपमा स्वीकार्ने छु ।

तपाई उम्मेदवार हुनुभयो भने के योजना लिएर जनताका बीचमा जानुहुन्छ ?
म दुई तीनवटा कुरामा फोकस गर्छु । विराटनगर अहिले अव्यवस्थित शहरको रुपमा अगाडी बढीरहेको छ । यसलाई व्यवस्थित शहर बनाउनुपर्छ । एउटा मनोरञ्जनको केन्द्रविन्द ुपनि बनाउनुपर्छ । विराटनगरमा एउटा पार्किङ गर्ने ठाउँ छैन । आजकोही बाहिरको मान्छे परिवार लिएर विराटनगर आयो भने पार्क गर्ने ठाउँ कतै छैन । पानी प¥यो भने पानी जमेर पानी जाँदैन । ठूला–ठूला आश्वासन मात्र देखाइएको छ । विराटनगरमा घुम्ने ठाउँ कहाँ? ठाउँ नै छैन । अर्को कुरा सवैभन्दा बढी रोजगारीको कुरामा ध्यान दिनुपर्छ । अहिले शिक्षा÷स्वास्थ्यसँग जोडिएको भाषण होइन । अब पाँचवर्ष भित्र हिजोको एजेण्डा दिएर जनप्रतिनिधिले काम गरेका छैनन् भने त्यो जुनसुकै पार्टीबाट होस् भोलि एकीकृत समाजवादी पार्टीबाट उठ्यो भनेपनि फेरी भोट हाल्नु हुँदैन । विकास निर्माण, मनोरञ्जनको केन्द्र, वेरोजगार युवाहरुलाई पलायनगर्न बाट रोक्ने, शैक्षिक स्तरोन्नती गर्ने विषय प्रमुख प्रथामिकताहो ।

तपाई उम्मेदवार हुँदा जित्ने आधार के हो ?
मेरो जित्ने आधार एउटै कुरा भन्न चाहन्छु म काम गर्छु ।काम गरिन भने अर्को चोटी मलाई कुनैपनि पदमा आजिवन भोट नहाल्नुहोला । म के भन्छु भने एकचोटी निर्वाचित भएर जनताको काम गर्न नसक्नेलाई अर्को चोटी कुनैपनि पदमा जुनसुकै पार्टीबाट उठेपनि भोट हाल्नु हुँदैन । म कुनैपनि पदमा निर्वाचित भएँ र मैले काम गर्न सकिन भने मलाई आजिवन कुनै पनि पदमा जनताले भोट हाल्नु हुँदैन ।

चुनाव जित्ने सांगठनिक आधार छ ?
हाम्रो कम्युनिष्ट पार्टी फुटि सकेपछि कमजोर भएको अवस्था स्वीकार गर्नैपर्छ । हाम्रो नयाँ पार्टी हो । कम्युनिष्टहरुको एकता टुट्नु हुँदैनथ्यो, टुट्यो । के कारण थिए त्यसको विस्तारै रिजल्ट आउँदै गर्छ । सांगठनिक रुपमा हामी नयाँ पार्टी छौँ । पार्टीगत रुपमा कामगर्न पाइला अगाडी बढाइरहेका छौँ । आधार भनेको जनता नै हो । ठूलो पार्टीका उम्मेदवार वा सवैभन्दा ठूलो पार्टी वा उम्मेदवारको शक्ति वा पैसा डन भएर जित्ने कुराहरु हुँदैन । विगतमा ठूला डनहरुले पनि चुनाव उठेर हारेको देखेका छौँ । पैसा वालाले नै चुनाव जित्ने भएको भए त आज हरेक पार्टीको पार्टी अध्यक्ष त विनोद चौधरी हुनुपर्ने । आज पैसा र व्यापारीहरु पार्टीभित्र हावीहुने प्रचलन चाहीँ बढेको छ । पार्टीको सगठन मजवुत हुनु त एउटा आधार हो, तर निर्णायक जनताहो । जनताले मुल्यांकन गर्छ । आज यो दिन रहेन कि जो सुकैलाई उठाए पनि जित्ने समय चाहीँ छैन् । म उम्मेदवार हुँम नहुँम यसपालिको चुनावमा धेरै तरंग आउँछ ।

चुनाव जित्ने आधार तयार गर्न के गरिरहनु भएको छ ?
अहिले हामी सांगठनिक कामका शिलसिलामा शाखा कमिटीहरु विस्तार गरिरहेका छौँ । जनताको घरदैलोमा गइरहेका छौँ । जनताका समस्या समाधान गर्न कुदिरहेका छौँ । जति सकिन्छ गर्छौँ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले गर्नुभएको प्रतिवद्धता अनुसार कति काम भएका छन् ?
यो काम कति भएको छ भन्ने कुरा जनताले नै स्पष्ट देखिसकेका छन् । मैले आजको मितिमा आएर यो भयो भएन भन्ने कुरा होइन । सवै जनतालाई के भन्छु भने पाँच वर्ष अगाडी जो–जो जनप्रतिनिधिले आश्वासन दिएर जितेका थिए के–के कामभयो भन्ने कुराको आम महानगरवासीले मुल्यांकन गरिरहेका छन् । अब कुनै हालतमा आश्वासनको विश्वास गर्नुहुँदैन । कोभिडको बेला जनता भोकभोकै मरिरहेका थिए जनताको चुलो बलो कि बलेन भनेर हेर्न जानुभयो कि भएन?जतिखेर जनता अक्सिजनका लागि तड्पीरहेका थिए त्यो अक्सिजन त्यो साँच्चिकै जनताको घरमा पुग्यो कि पहुँचवालाकोमा पुग्यो ?भ्याक्सिन साँच्चिकै गरिब जनताको घरमा पुग्यो कि उद्योगी व्यापारीको महलसम्म पुग्यो ?सवैकुराको मुल्यांकन जनताले गरेका छन् । अबको चुनाबमा त्यसको फैसला हुन्छ ।

Advertisement

गठबन्धन तय भएको छ , भोलि विराटनगर गठबन्धनका अरु दललाई छाड्नुपर्ने भयो भने ?
गठबन्धनले जे निर्णय गर्छ त्यो मान्य हुन्छ । गठबन्धन भएन र सिंगल पार्टीको उम्मेदवार उठाउने भइयो भने पार्टीले मलाई अगाडी सार्दा तयार छु ।

Advertisement

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top