३५.६६ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा धेरै

२३ चैत ७८, बिहीबार

काठमाडौं, २४ चैत । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार बढेकाे छ । बिहीबार बजार मापक  परिसूचक नेप्से ३५.६६ अंकले बढेर २ हजार ४६४.३१ बिन्दुमा पुगेर बन्द भएको छ । साताको पहिलो दिनदेखि नै घटेको बजार यसदिन भने हरियाली देखिएको हो ।

Advertisement

ठूला कम्पनीको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अंकले वृृद्धि भएर ४६३.७३ बिन्दुुमा उक्लिएको छ ।

यसदिन कारोबारमा आएका २२४ वटा कम्पनीका ४२ हजार पटक शेयर कारोबार हुँदा ५४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

Advertisement

अघिल्लो कारोबारका दिनको तुलनामा बिहीबार कारोबार रकम पनि बढेको छ । यसदिन कुल कारोबार २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको भएकाे छ ।

नेप्सेका १३ वटै उपसमूह हरियाली देखिएका छन् । बजार बढ्दा सर्वाधिक अन्य उपसमूह ३ प्रतिशतभन्दा बढिले बढेको छ भने व्यापार समूहको वृद्धि  २.६२ प्रतिशत छ ।

Advertisement

कारोबारमा आएका २२४ वटा कम्पनीमध्ये १७४ वटा कम्पनीका लगानिकर्ताले कमाएका छन् भने १७ वटा कम्पनीका लगानिकर्ताले गुमाएका छन् ।

कारोबारका चार दिन क्रमशः घटेको शेयरबजारमा बिहीबार हरियाली छाउँदा हिमालयन पावर र नेस्डाे समृद्धि लघुवित्तको शेयर मूूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४६२ रुपैयाँ र १५४ रुपैयाँले बढेर १७०० रुपैयाँ कायम भएको छ ।

यसदिन सर्वाधिक गुमाउनेमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल रहेका छन् । कम्पनीको शेयर मूल्य क्रमशः ७ प्रतिशत र ६ प्रतिशतले घटेर प्रतिकित्ता १५३२ रुपैयाँ र १११२ रुपैयाँ हुन पुग्यो ।

साथै नविल बैंकको सर्वाधिक ७ करोड ३८ लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा कम्पनीको शेयर मूूल्य प्रतिकित्ता ९६९ रुपैयाँ कायम भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top