×

NEPAL TIMES UPDATES

Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026

आजदेखि देशभर टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु

२५ चैत्र २०७८

२५ चैत, काठमाडौँ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ ।

आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

Advertisement
Advertisement

टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ ।

विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका थिए ।

हिजो काठमाण्डौको दरबार हाइस्कुलका केही विद्यार्थीलाई खोप दिइएको थियो । परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालकाअनुसार नेपालमा हरेक वर्ष झन्डै चार लाख ५० हजारभन्दा धेरै टाइफाइडबाट सङ्क्रमित हुन्छन् ।

पानीजन्य रोगबाट हुने टाइफाइड, हैजाजस्ता समस्या हरेक वर्ष बढिरहेका छन् । टाइफाइडबाट ज्यान गुमाउनेको सङ्ख्या कम भए पनि सङ्क्रमणदर धेरै रहेकाले जोखिममा रहेका समूहलाई खोप दिन थालिएको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताए ।

यसैबीच, टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाण्डौ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले सूचना निकालेर आजदेखि आउँदो वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले सहयोग गर्न आग्रह गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार महानगरका सामुदायिक र निजी गरी ६ सय विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न उहाँको आग्रह छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top