×

NEPAL TIMES UPDATES

Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026
Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026

रमपम ट्रेड एक्स्पोः १७ करोडको कारोबार, दुई लाखले गरे अवलोकन (फोटो फिचरसहित)

२५ चैत्र २०७८

विराटनगर, २५ चैत । मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा जारी रमपम ट्रेड एक्स्पोमा एक सातामै १७ करोड बढीको कारोबार भएको छ । कोरोना महामारी सुरु भएयता पहिलोपटक आयोजना गरिएको एक्स्पोमा सात दिनमै १७ करोड बढीको कारोबार भएको हो ।

गत चैत १८ देखि सुरु भएको एक्स्पोमा हालसम्म २ लाख भन्दा बढीले अवलोकन गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । ‘एक्स्पो अवलोकनमा आउनेको उत्साहजनक सहभागिताले हामी निकै उत्साहित छौँ ।’ उनले भने,‘दर्शकले मेलालाई एकदमै मन पराइदिनुभएको छ । त्यसैले उहाँहरुकै माग अनुसार पनि एक दिन समय बढाउने निर्णय गरेका छौँ ।’

Advertisement
Advertisement

एक्स्पो चैत १८ गतेदेखि २६ गतेसम्म संचालन हुने भएपनि एक दिन थप गरिएको आयोजकले जनाएको छ । उनका अनुसार एक्स्पोमा सबैभन्दा बढी इलोक्टे«निक र अटोमावाइलको सामानहरू बढी बिक्री भएको छ । एक्स्पोमा एसीसहितका ८० वटा, कुलरसहितका ६० र १०६ वटा सामान्य व्यापारिक स्टल राखिएको छ ।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिकजसो राष्ट्रिय कलाकारहरूबाट मनोञ्जन प्रदान गरिएको छ । शुक्रबार गायक डम्बर नेपाली र चिर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुती राखिएको छ। त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको छ ।

एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचना राखिएका कारण हेर्न आउने दर्शकको भीड लाग्दै आएको छ । त्यस्तै सेल्फी जोनमा फोटो खिच्नेको समेत भीड देखिन्छ ।

ट्रेड एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको अध्यक्ष रिजालले जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top