मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

२४ चैत ७८, शुक्रबार

विराटनगर, २५ चैत । अगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मोरङको सुनवर्षीमा गठबन्धन गर्ने निर्णय गरेको छ । सवै वडाका वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका बुद्धिजीवी, शुभचिन्तकलगायतको उपस्थितिमा बसेको बैठकले सो नगरपालिकामा केन्द्रीय निर्णय अस्वीकार गर्दै कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्ने कांग्रेसले निर्णय गरेको हो ।

बैठकले नगरप्रमुखको उम्मेदवारका रुपमा १४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । नगर प्रमुखका लागि पार्टीका नगर सभापति कमलकिशोर सिंह, वर्तमान नगर प्रमुख कालीप्रसाद दासलगायतको नाम सिफारिस गएिको छ ।

त्यस्तै गुलाम मोहिद्धिन, टेकबहादुर विष्ट, देवेन्द्रबहादुर बस्नेत, प्रताव तामाङ, वीरेन्द्रकुमार साह, महताब आलम, महेश्वर प्रसाद राजवंशी, मेदनी प्रसाद प्रसार्इं, यज्ञबहादुर कार्की, रमानन्द साह, शंकर कार्की र सत्यनारायण पण्डित पनि नगरप्रमुखका लागि सिफारिस भएका छन् ।

त्यस्तै उप्रमुख पदका लागि खेमुकमारी कार्की, जानकी कुमारी केवरत, नरमाया प्रसाई बिमली, नारायणी देवी पण्डित, विमलादेवी दास, मञ्जुकुमारी राई र सुमनसरी राजवंशीको नाम सिफारिस भएको नगर सभापति कमलकिशोर सिंहले जानकारी दिए ।

ग्ठबन्धन नहुँदा सुनवर्षीमा कांग्रेस कति बलियो ? 

२०७४ सालको मत परिणामअनुसार सो नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुख र उपप्रमुखसहित अधिकांश वडा जितेको थियो । सो चुनावमा नगर प्रमुखमा प्राप्त गरेको मतका आधारमा माओवादी केन्द्र दोस्रो, नेकपा (एमाले) तेस्रो, संघीय समाजवादी फोरम चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ र तत्कालीन विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) छैटौँ शक्ति बनेका थिए ।

अहिले एमाले विभाजित भएको र माओवादी केन्द्रका कार्यकर्ताहरू एमालेमा समाहित भएको तथा फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएपछि नेपाली कांग्रेस थप बलियो भएको छ । सोही कारण कांग्रेसले सुनवर्षीमा गठबन्धन नगर्ने निर्णय गरेको जनाइएको छ ।

२०७४ सालमा नगरप्रमुखमा नेपाली कांग्रेसका कालीप्रसाद दास ५४७३ मतसहित विजयी भएका थिए । उनका निकट्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामप्रसाद राजवंशीले ३८८४ मत प्राप्त गरेका थिए । उनी हाल कार्यकर्ताहरूसहित एमालेमा प्रवेश गरेर सो पार्टीका नगर कमिटी अध्यक्ष छन् ।

त्यस्तै नेकपा (एमाले) का हसन इमाम बक्स मियाँले ३७७१ मत पाउँदा तत्कालीन संघीय समाजवादी फोरमका सदानन्द यादवले ३३४७ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जवीर उद्धिनले ११४७ मत प्राप्त गर्दा तत्कालीन विजय गच्दार नेतृत्वको फोरम लोकतान्त्रिकका पुरणलाल राजवंशीले ५२३ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसकै मञ्जु राई ६१९३ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरादेवी दाश केवरटले ४१७१ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै माओवादी केन्द्रकी अमिता श्रीवास्तव यादवले ३०७३, संघीय समाजवादी फोरमकी विवि नुरुन निसाले २९४८, राष्ट्रिय प्रजातन्त्र पार्टीकी दिपा बस्नेतले ४२८ र फोरम लोकतान्त्रीककी दुर्गाकुमारी शर्मा लामिछानेले ३०३ मत प्राप्त गरेकी थिइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top