मलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता दिन्नँ :इमरान खान

एजेन्सी, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो ।

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो ।

Advertisement

सर्वोच्चले संसद पुनर्स्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविस्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top