काठमाडौं, २६ चैत । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपकुमार लेखी सर्वसम्मत निर्वाचित भएका छन् । नवलपुरको अमलटारी सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा शन्तकुमार चौधरी (चितवन) निर्वाचित भएका छन् भने उपत्यकासहित ७ प्रदेशमा उपाध्यक्ष चयन गरिएको छ । प्रदेश १ मा कुलदीप चौधरी (सुनसरी), मधेस प्रदेशमा प्रतिमा चौधरी (बारा), बागमती प्रदेशमा किशोर चौधरी सरिखाँ, एसोसिएटमा सहदेव चौधरी (काठमाडौं) र लुम्बिनी प्रदेशमा सञ्जु चौधरी निर्वाचित भएका छन् । कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मनोनयन गर्न बाँकी छ।
महासचिवमा लक्ष्मी चौधरी (काठमाडौं) निर्वाचित भएकी छिन् भने उपमहासचिवमा विजय चौधरी (चितवन) निर्वाचित भएका छन् । सचिव (महिला) मा दिपशिखा चौधरी (दाङ), सचिव (पुरुष) मा लीलानाथ गच्छदार (मोरङ) सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा कारी महतो (चितवन) सर्वसम्मत भएका छन् ।
यस्तै केन्द्रीय सदस्यहरूमा सबी चौधरी, धिरेन्द्र चौधरी, मनोज चौधरी, दिनेश कुमार चौधरी, राज चौधरी, जनक चौधरी, नवीन चौधरी, सुमित्रा चौधरी सर्वसम्मत चउन भएका छन् । यस्तै बाँकी २ जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिले मनोनति गर्नेछ ।
