काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराको घर माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।
हुम्लाको आदानचुली गाउँपालिकाका अध्यक्ष समेत रहेका फडेराको घर माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी कार्यकर्ताले घेरा हालेर तोडफोड गरेका हुन् ।
वैशाख ४ गते पार्टी केन्द्रीय अध्यक्ष केपी ओली आउने कार्यक्रमको तयारीमा हिँडेको समयमा एमाले कार्यकर्ताहरूले नारा जुलुस लगाएर हिँड्दा एक जना माओवादी कार्यकर्ता घरमा पानीको ट्याङ्की लडेको र ट्याङ्की पुनः उठाएर पुरानै ठाउँमा राखेर हिँडेका भए पनि त्यही निहुँमा उनीहरूले आफ्नो घर तोडफोड गरेका फडेराले बताए ।
