निर्वाचन आयोगद्वारा घरदैलो कार्यक्रम खारेज

२६ चैत ७८, आइतबार

काठमाडौं, २७ चैत । निर्वाचन आयोगले मतदाता शिक्षाको नाममा गर्दै आएको घरदैलो कार्यक्रम खारेज गरेको छ । २०६४ सालदेखि सुरु गरिएको यो कार्यक्रम प्रभावकारी नभएको भन्दै आयोगले खारेज गरेको हो ।

Advertisement

घरदैलो कार्यक्रम खारेज गरेर यसको सट्टा मतदान केन्द्रमै सूचना केन्द्र राख्ने तयारी गरिएको आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । जसका लागि २४ करोड बजेट छुट्ट्याइसकेको उनको भनाइ छ ।

घरदैलो कार्यक्रमका बारे निकै गुनासा आएकाले हटाइएको उनको भनाइ छ । ‘यसै वर्षदेखि घरदैलो कार्यक्रम हटाइएको छ । विगतका निर्वाचनको समीक्षा गर्दा फोरममा, राज्य व्यस्था समितिमा पनि यो कार्यक्रम प्रभावकारी नभएको गुनासो आएपछि आयोगले यो कार्यक्रमलाई खारेज गरेको हो,’ अर्याल भन्छन् ।

Advertisement

मतदाता शिक्षाअन्तर्गत गर्दै आएको घरदैलो कार्यक्रमका लागि मात्रै ४० करोडभन्दा बढी खर्च गर्दै आएको आयोगको भनाइ छ । घरदैलो कार्यक्रमलाई खारेज गरेर आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमै मतदान सूचना केन्द्र बनाएर मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मतदाता शिक्षाको घरदैलो कार्यक्रम हटाए पनि सामाजिक सञ्जालमार्फत् भने मतदाता साक्षरताको काम जारी रहने अर्याल बताउँछन् । उनी भन्छन्, ‘अबको समयमा मतदाता शिक्षालाई रेडियो, टेलिभिजन, स्थानीय मिडिया, सामाजिक सञ्जाल, अनलाइन पोर्टलमार्फत् सूचना प्रवाह गरेर जोड दिने भनेरै हामीले मतदाता शिक्षाको मोडालिटी परिवर्तन गरेका हौँ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top