स्थानीय चुनावको मिति तलमाथि भए दुर्घटना हुन्छ : प्रमुख आयुक्त थपलिया

२ बैशाख ७९, शनिबार

जनकपुर, ३ वैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्ने बताएका छन् ।

जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थपलियाले स्थानीय चुनावको मिति तलमाथि गर्न नहुने बताएका हुन् । ‘निर्वाचनको मिति तलमाथि गर्नु भनेको दुर्घटना  निम्त्याउनु हो,’ उनले भने  ।

निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन रहेकाले आचारसंहितालाई सामान्य रूपमा नलिन उनले आग्रह गरेका छन् । ‘मतदातालाई बहकाउमा पार्ने र निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट निर्वाचन प्रभावित हुने भएकाले यसप्रति सबै सजग हुनुपर्छ,’ उनले भने ।

निर्वाचन आयोग ३० वैशाखमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उनको भनाइ छ । २०७९ निर्वाचन वर्ष रहेकाले यही वर्षभित्रै स्थानीय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा निर्वाचनपछि राष्ट्रपति निर्वाचित हुने उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top