कांग्रेसले असुली गर्यो मेयर-उपमेयरका आकांक्षीसँग चन्दा

४ बैशाख ७९, आइतबार
Share this
712shares

पोखरा, बैशाख ४ । नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठायो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो।

Advertisement
तर, पोखरा महानगरपालिकाले भने पार्टीको केन्द्रीय सर्कुलरविपरीत शुल्क उठाएको छ । मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ । सचिव गणेशबहादुर थापाले यो शुल्क नभई पार्टीलाई सहयोगका रुपमा लिएको बताउनु भयो ।

‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँँच सय रुपैयाँ तोकेका छौं । त्यसबाहेक उम्मेद्वारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौं,’ उहाँले भन्नुभयो, ‘तिर्नैपर्छ भन्ने छैन । फार्म शुल्क बाहेक अरु नदिएपनि केही रोकतोक छैन ।’

उहाँले पार्टी सन्चालनका लागि कोष नभएकोले आन्तरिक स्रोत खोजी गरेको बताउनुभयो । मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी छन् भने उपमेयरमा झन् धेरैको चर्चा छ । कांग्रेसले पोखराको मेयर र उपमेयरका लागि आइतबार अपरान्ह ४ बजेसम्म नाम टिपाउन भनेको छ । अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top