पल शाह प्रकरणमा नाबालिगले फेरिन् बयान

४ बैशाख ७९, सोमबार

काठमाडौं, ४ वैशाख । अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।

Advertisement

जिल्ला अदालत तनहुँमा जारी बकपत्रमा पीडित भनिएकी ती नाबालिगले बयान फेरेको उनीनिकट एक कानुन व्यवसायीले बताए ।

‘बालिकाले बयान फेरेकी छन् । उनले पलले बलात्कार गरेको नभइ आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिइन्,’ ती वकिलले भने ।

Advertisement

जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले उक्त प्रकरणको प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top