×

NEPAL TIMES UPDATES

Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026

मधेस प्रदेशमा ३३ लाखभन्दा बढी मतदाता, २१६३ मतदानस्थल

४ बैशाख २०७९

मधेस प्रदेशमा स्थानीय तह चुनावका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कुल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोग नेपालले २०७९ साल  वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।

Advertisement

निर्वाचन कार्यलयका अनुसार प्रदेशको धनुषामा पुरुष २ लाख ४८ हजार ८४०, महिला २ लाख १८ हजार ५४२ र अन्य छ जनासहित कुल ४ लाख ६७ हजार ३८८, महोत्तरीमा पुरुष २ लाख १२ हजार २०३, महिला १ लाख ७९ हजार ३७३ र एक जना अन्य गरी जम्मा ३ लाख ९१ हजार ५७७ र सर्लाहीमा २ लाख ५७ हजार १३८ पुरुष, २ लाख १७ हजार २९२ महिला र अन्य नौ गरी कुल ४ लाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।

त्यसैगरी, सप्तरीमा २ लाख १३ हजार ८९२ पुरुष, १ लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कुल ४ लाख १२ हजार ४४५ र सिरहामा २ लाख १९ हजार ५६४ पुरुष, १ लाख ९४ हजार ६०० महिला र अन्य दुई गरी जम्मा ४ लाख १४ हजार १६६ कायम भएको छ ।

रौतहटमा पुरुष २ लाख २२ हजार ९४५, महिला १ लाख ८५ हजार ४६, अन्य एक जना गरी जम्मा ४ लाख ७ हजार ९९२, बारामा २ लाख ३१ हजार ८२६ पुरुष, १ लाख ९१ हजार ४९० महिला र ११ अन्यसहित कुल ४ लाख २३ हजार ३२७ र पर्सामा १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित कुल ३ लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गर्न पाउने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए ।

यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तह चुनावमा मतदान गर्न प्रदेशभरि २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको उनले बताए । कायम गरिएको मतदानस्थल र केन्द्रअनुसार सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको उनले बताए ।

निर्वाचनका लागि निर्वाचन अधिकृतको तालिम सुरु भएको र आगामी ८ गतेदेखि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीसमेत भइसकेको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए । रासस

 

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top