काठमाडौं । सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।
हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो ।
जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ । इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको समाजवादीका एक नेताले जानकारी दिए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।