दोहोरो अंकले घट्यो नेप्से

५ बैशाख ७९, मंगलबार

काठमाडौं, ५ वैशाख । सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ‌ओरालो लागेको छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालो लागेको हो ।

Advertisement

आज २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा २०२ वटा रातो, २० वटा हरियो र ७ वटा स्थिर रहेका छन् । कारोबार रकममा पनि खासै ठूलो उतारचढाव देखिएको छैन । सोमबार २२९ वटा कम्पनीको ३१ हजार ८२५ वटा कारोबार हुँदा कारोबार रकम भने १ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ ।

बजार घट्ने क्रम जारी रहँदा पनि नेस्डो लघुवित्तले भने सोमबार पनि सर्किट लेभलमा बढेर २७ सय ३७ दशमलव सात रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  सोमबार बढ्नेमध्ये ७ दशमलव ९८ प्रतिशतले दिव्यश्वरी हाइड्रोपावर बढेर २७२ मा  ६ दशमलव ०९ प्रतिशतले बढ्दा जाल्पा लगुवित्त ५७५ दसमलब १ मा अन्तिम कारोबार भएका छन् ।

Advertisement

घट्नेमध्ये नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट ८ दशमलव ३३ प्रतिशतले घट्दा ५५० मा, हिमालयन ऊर्जा ७ दशमलव ५७ प्रतिशतले घट्दा ३३६ दशमलव १ मा , इमर्जिङ नेपाल ७ दशमलव १ प्रतिशतले घट्दा ८३८ मा, ग्रिन लाइफ हाइड्रो ६ दशमलव ०४ प्रतिशतले घट्दा ३८७६ मा, ५ दशमलव ९५ प्रतिशतले घट्दा युनिभर्शल पावर कम्पनी २४८मा र गुडविल फाइनान्स ५ दशमलव ८३ प्रतिशतले घट्दा ४८५ मा अन्तिम कारोबार भएको छ ।

हाइडो इन्डेक्स २ दशमलव ९८ प्रतिशत र अदर्श इन्डेक्स २ दशमलव ८६  प्रतिशतले घटेको छ ।  अत्याधिक कारोबार हुनेमध्ये चार करोड ९९ लाख बराबरको नबिल बैंक, चार करोड ९१ लाख बराबरको हिमालयन डिस्टिलरी र चार करोड ५० लाख बराबरको  महालक्ष्मी विबिकास बैंक छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top